• १६ वैशाख २०८२, मङ्गलबार

महालक्ष्मीका सबै विद्यालय सञ्चालन हुँदै

blog

महालक्ष्मी नगरपालिकाको कार्यालय धनकुटा ।

कविराज घिमिरे

हिले, बैशाख १५ गते । धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

भेलापछि पन्ध्र बिद्यालयका ब्यबस्थापन समिति अध्यक्षहरुले बिज्ञप्तिमा जारी गर्दै नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकले शिक्षक आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालय नियमित सञ्चालन गर्ने भनिएको छ । 

विज्ञप्तिमा शिक्षक र विद्यार्थीको उपस्थितिमा शैक्षिक गतिविधि निरन्तरता दिने र सबै बिद्यालयबाट एक–एक प्रतिनिधि आन्दोलनमा सहभागी हुन अनुरोध गरिएको छ । अभिवाभकबाट बिद्यालय सञ्चालन हुनुपर्ने आवाज उठ्न थालेपछि तथा आन्दोलन लम्बिने अबस्था आएपछि बिद्यालय सञ्चालन गरेर आन्दोलनमा सहभागी हुन अनुरोध गरिएको सरस्वति माध्यमिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शुक्रराज बुढाथोकीले जानकारी दिनुभयो ।