ललितपुर, वैशाख १५ गते । ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ ।
ललितपुरको पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा रातो मच्छिन्द्रनाथ (बुगं द्य) विराजमान गराइएको हो । यही वैशाख १५ गते नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ रथ जात्राका लागि रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो।