नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख ८ गते बाट सुरु हुँदैछ ।
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्कास् अर्थात् बिस्केट जात्रा शुक्रबारबाट सुरु भएको छ ।
बिस्का जात्राको पूर्व सन्ध्यामा तःमारी क्षेत्रमा भव्य धिमे नृत्य प्रस्तुत गरिएको छ। नयाँ वर्षसँग जोडिएको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बिस्का जात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवापुस्ता तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साँखुमा बज्रयोगिनी जात्रा बिहीबारबाट सुरु भएको छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ ।
काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ ।
चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका दरबार क्षेत्र तथा सो स्थानबाट लगन टोलसम्म तान्ने गरिन्छ । लगनटोल पुगेको भोलि पल्ट आमा रुखको परिक्रमा गराइन्छ ।
चैते दसैँको दिन बिहीबारदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ ।
पाहाँचर्हे आज अन्तिम दिन असन जात्रा (न्हि जात्रा) बिहीबार सम्पन्न भएको छ। पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो। रातो पहेलो र निलो टोपीको समिश्रणमा असनमा जात्राको माहौल रमाइलो र रंगिन देखिएको थियो ।
पाटन दरबार क्षेत्रबाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको हो ।
पाहाँचर्को साँझबाट नरदेवी जात्रा (ङत अजिमा)को जात्रा सुरु भएको छ । दुईसम्म हुने जात्रा पाहाँचर्हे र सोको भोली पल्ट घोडेजात्राको दिन नरदेवी मन्दिरको विपरित दिशामा रहेको डबलीमा नचाइन्छ ।
प्रतिनिधिसभा निर्वाचनका दिन अनुमति बिना चलाइएका सवारी साधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको छ ।
प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार काठमाडौँका सडक सुनसान छन् । आम निर्वाचनका दिन अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा संचारकर्मीलाई मात्र अनुमति दिएकाले सडक सुनसान देखिएको छ ।
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदानस्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदानस्थलहरुमा बुथ निर्माण गरिँदै छ ।
भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् ।