दसैँको टीकाको दिन सुरु भएको नवदुर्गा नाच सम्पन्न भएको छ ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रस्थित तलेजु मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । दसैं सुरु भएपछि आज महानवमीको दिन तलेजु मन्दिरमा भक्तजनहरुले पूजापाठ गरेका छन् ।
जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो ।
काठमाडौं, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ । नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।
इन्द्रजात्रा (येँयां) को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो ।
काठमाडौं, भदौ २० गते । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरेको हो ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । पूजामा सहभागी हुनका लागि ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू उपस्थित भएका थिए । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कन्या कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । इन्द्रजात्राको अवसरमा गरिएको पूजामा ४५५ बालिका सहभागी भएको महासङ्घका अध्यक्ष राजन महर्जनले बताउनुभयो ।
इन्द्रजात्रा (येँया) को तयारी वसन्तपुर दरबार क्षेत्रमा भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगन तथा तोरण फेर्ने काम धमाधम भइरहेको छ ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया) को रौनक सुरु भएको छ । आज बिहान ९ : ५२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गराइएको हो ।
बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो ।
भक्तपुरको नगदेशमा बजारमा लान ठिक्क पारेको हरियो तरकारी। हरेक दिन उपत्यकाका विभिन्न बजारमा तरकारी पुर्याउनका लागि यो ठाउँका किसानले रातिनै भारी तयार गर्छन् ।
१२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो ।
कीर्तिपुरमा नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन्। नेवाः समुदायले मृत्यु भएका आफन्तको स्वर्गमा बास होस् वा पितृको यमलोकमा बास होस् भन्दै गाईजात्रा निकाल्ने परम्परा छ।
३१ औं आदिवासी दिवसको अवसरमा काठमाडौँमा विशेष कार्यक्रम भएको छ । वसन्तपुरमा भेला भएको र्याली हनुमानढोका क्षेत्रमा पुगेर सभामा परिणत भएको हो ।
बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्वकासाथ मनाउने गर्दछन् ।