काठमाडौँ, भदौ २३ गते । इन्द्रजात्रा (येँयां) को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजी खाने दिनको रूपमा लिने गरेको छ ।
थःने या (माथिल्लो टोलको जात्राको) रूपमा मनाइन्छ । यस दिन रथयात्रा वसन्तपुरबाट सुरु भएर यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, असन, बालकुमारी, इन्द्रचोक, हनुमानढोका हुँदै पुनः वसन्तपुर पुगेर सम्पन्न भएको हो ।
आगामी बिहीबार भने जात्राको अन्तिम दिन नानीचा मनाइने छ भने सो दिन महिलाहरूले मात्र रथ तान्ने गरिएको छ । भदौ २६ गते बिहीबार राति १०ः३२ बजे इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ ।
.