६.८८९ वर्ग किलोमिटरमा फैलिएको भक्तपुर नगरका हरेक वस्ती र टोलमा पोखरी छन्। ५० बढी पोखरी रहेको भक्तपुरमा अहिले ३४ वटा संरक्षित छन्।
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।
ललितपुरमा मनाइने भीमसेन जात्रा अर्थात् भिंद्य जात्रा शनिबार राति सम्पन्न भएको छ । मङ्गलबजारबाट सुरु भएको भीमसेनको खट यात्रा ललितपुरको भित्री शहरमा नगर परिक्रमा गराइ पुन मंगलबजारमै पुगेर सम्पन्न भएको थियो ।
भक्तपुर, साउन २७ गते । उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगरपरिक्रमा गरेर विशेष ढंगले मनाउने गरिन्छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । फोटो फिचरमा शुक्रबार भक्तपुरको गाईजात्राको रौनक :
भक्तपुर, साउन १० गते । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको छ।
शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
काठमाडौं, जेठ २ गते। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपालसहित विश्वभर मनाइएको छ। ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्षसम्म पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो। संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी उहाँ राजकुमार रहे पनि सँधै चिन्तित रहनुहुन्थ्यो।सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो। तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्। बुद्ध जयन्तीको अवसरमा काठमाडौंको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा :
स्थानीय तहको चुनावको दिन शुक्रबार बिना अनुमतिपत्र चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, वैशाख ३० गते। स्थानीय तहको चुनावको दिन शुक्रबार राजधानीका सडकमा सवारी साधनको सङ्ख्या न्यून रहयो। सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई पास अनिवार्य गरेपछि चुनावको दिन उपत्यकाका सडक प्राय खाली देखिए। काठमाडौंको नयाँ सडक, दरबारमार्ग, सिंहदबार, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर क्षेत्रमा पुगेर कैद गरिएका तस्बिरः
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ जात्रा अन्तर्गतको नैक्या लुकेगु जात्रा (नरिवल खसाउने) हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
आज (मङ्गलबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इद (इदउल फित्र) पर्व मनाएका छन् । यी समुदायले एक आपासमा शुभकामना साटासाट गर्दै विहानै देखि पर्व मनाउन शुरु गरेका छन् ।
काठमाडौं, वैशाख १८ गते। वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई रथारोहण भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रामा मच्छिन्द्रनाथको वैशाख २१ गतेदेखि रथ जात्रा सुरु हुनेछगरिनेछ।