शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, कात्तिक ६ गते । आइतबारदेखि यमपञ्चक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ।
राजधानीका मुख्य बजार र चोकका अधिकांश पसलमा बिक्रीका लागि फूल राखिएका छन्। तिहारमा घर तथा पूजाकोठा सजाउनका लागि सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। काठमाडौंको नयाँ सडक क्षेत्रमा सयपत्री फूलको माला एक हजार रुपियाँदेखि १२ सय रुपियाँसम्ममा बिक्री हुँदै आएको छ। व्यवसायीले तिहारमा मालाको झुप्पाझुप्पा बनाएर बिक्री गर्दै आएका छन्।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।