• १२ फागुन २०८२, मङ्गलबार

चिरोत्थानसँगै होली पर्व शुभारम्भ

blog

बसन्तपुरमा चिरोत्थान गरिँदै । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, फागुन १२ गते । बसन्तपुरमा चिरोत्थानसँगै होली पर्व आजदेखि शुभारम्भ भएको छ । मङ्गलबार काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज बिहान ७ः१३ बजेको शुभ साइतमा चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याइ दहन गरेपछि होली पर्व समाप्त हुन्छ । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।