शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २० गते । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदान स्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदान स्थलहरूमा बुथ निर्माण गरिँदै छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि बुथ निर्माणको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुथ निर्माणका लागि लाइन बनाउनेदेखि टोरी टाङ्नेसम्मको काम भइरहेको छ । महिला, पुरुष, अशक्तहरूका लागि छुटाछुट्टै बुथ बनाइने गरिन्छ ।

















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।