प्रतिनिधिसभा निर्वाचनका दिन अनुमति बिना चलाइएका सवारी साधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको छ ।
प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार काठमाडौँका सडक सुनसान छन् । आम निर्वाचनका दिन अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा संचारकर्मीलाई मात्र अनुमति दिएकाले सडक सुनसान देखिएको छ ।
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदानस्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदानस्थलहरुमा बुथ निर्माण गरिँदै छ ।
भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व सोमबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।
बसन्तपुरमा चिरोत्थानसँगै होली पर्व आजदेखि शुभारम्भ भएको छ । मङ्गलबार काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज बिहान ७ः१३ बजेको शुभ साइतमा चीर ठड्याइएको हो ।
मकवानपुर, बज्रबाराही सरस्वती बजारमा बस्नु हुने दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा डोको बुन्ने काम गर्नु हुन्छ ।
धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङ्गराेगनको कार्य सम्पन्न गरिँदैछ । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट जल ल्याई अष्टमीमा आर्यावलोकितेश्वरलाई महास्नान गराइन्छ ।
पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र नुम्बुर तथा तिब्बत क्षेत्रको हिमालको पनि अवलोकन गर्न सकिने सकिने शैलुङ समुद्री सतहबाट ३१५० मिटरमा अवस्थित छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर बुधबार काठमाडौँ उपत्याकामा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न शहरमा ट्रफी टुर कार्यक्रम सम्पन्न गरी काठमाडौँमा पनि यस कार्यक्रमलाई निरन्तरता दएको हो ।
गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ ।
कात्तिक नाचअन्तर्गत हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।
कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत गर्ने गरिन्छ ।
काठमाडौँको कमलपोखरीमा पनि छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ ।
काठमाडौँमा सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ। तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ।