पाटन दरबार क्षेत्रको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा सुरु भएको छ । हरेक वर्ष कात्तिक शुक्ल षष्ठीदेखि यो नाचको सुरु हुने गर्दछ ।
नेपाल संवत् ११४५ को उपलक्ष्यमा वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ ।
भक्तपुरको गुण्डु अहिले मखमली र सयपत्री फूलले ढकमक्क भएको छ । तिहारलाई लक्षित गरेर उत्पादन गरेको फूल अहिले बजार पठाउन स्थानीयहरूलाई भ्याइनभ्याइ भएको छ ।
पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो ।
वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ ।
नवरात्रिको सातौँ दिन आज फूलपातीका दिन दुर्गापीठ, दसैँघर, कोत तथा घर-घरमा फूलपाती भित्र्याइएको छ ।
काठमाडौं, असोज ५ गते । येँया (इन्द्रजात्रा) को अन्तिम दिन महिलाबाट जीवित देव देवी गणेश भैरब तथा कुमारीको रथ तानेर मनाइरहेका छन् । पुरुष सहभागी जात्रालुहरुले मात्र तानिने रथजात्रा पछिल्लो केही वर्षदेखि येँया (इन्द्रजात्रा) को पछिल्लो दिन नानीचा याःको दिनमा महिलाले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा रथ तान्ने चलन सुरु गरिएको हो । अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका बाट रथ पुनः वसन्तपुर ल्याइन्छ । गत द्वादशीको दिन इन्द्रजोत्थान गरे पश्चात विधिवत रुपमा सुरु भएको यो जात्रा आज राति १०ः३१ को शुभसाइतमा इन्द्रध्वजोपात पछि बागमतीमा लगि सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुन्छ ।
काठमाडौँ, असोज ४ गते । बिहीबार साँझ श्वेत भैरवको अगाडि महिलाहरूको भीड बाक्लै थियो । विशेष गरी श्वेत भैरव (हाथुद्यः) को मुखबाट निस्कने प्रसाद (छयाँङ) ग्रहणका लागि ठुलो सङ्ख्यामा महिला उपस्थित भएका थिए । जसलाई स्थानीय भाषाबाट हाथु हायेकेगु भनिन्छ । पहिला झन्डै एक दशक अगाडि सम्म इन्द्रजात्राको अवसरमा खुवाइने यो प्रसाद ग्रहणमा महिलाहरू सहभागी गराइँदैन थियो । तर अहिले विशेष गरेर इन्द्रजात्राको पाँचौँ दिन महिलाहरुलागि भनेर छुट्टाइ प्रसाद खुवाउँदै गरिँदै आएको छ ।
काठमाडौँमा जारी रहेको इन्द्रजात्रा येँया को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।
येँया (इन्द्रजात्रा) को रथजात्राको पहिलो दिन हिजो (मङ्गलबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो ।
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो ।
काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ ।
इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान (बुधबार) ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेकाे हो ।
श्रीकृष्ण जन्माष्टमी अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले नेपाली संस्कारको महत्त्व संसारभरि आवश्यक रहेको भन्दै कृष्ण जन्मोत्सव मनाएको छ ।