शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ उपत्यकाका सडक यत्तिबेला जाकाराण्डा फूलले सजिएका छन्। चक्रपथसँगै जाकाराण्डा फूलले काठमाडौंका सडक सजिएका हुन् । हरेक वर्ष वसन्त ऋतुमा काठमाडौँको रत्नपार्क, टुँडिखेल क्षेत्रहुँदै ललितपुरको सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ ।
अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।






मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।