काठमाडौँ, फागुन २६ गते । सामाजिक रुपान्तरण : ललितकलाको अभियानको मूल भावमा रही आयोजना गरिएको बागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सामेबारदेखि सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रर्दशनी कक्षमा भएको प्रदर्शनी, सात प्रदेशमै कलाको प्रदर्शनीपछि राष्ट्रिय कला प्रदर्शनी गर्ने योजनाअनुसार बागमती प्रदेशस्तरीय कला प्रदर्शनी भइरहेको उपकुलपति लालकाजी लामाले बताउनुभयो ।
उपकुलपति लामाले प्रदेशस्तरमा पुगेर कला प्रदर्शनी गर्दा रैथाने मौलिक कला, शिल्पज्ञान केही न केही स्तरले माथि उठेको विश्वास व्यक्त गर्नुहुँदै स्थानीय कलाकारलाई आफ्नै आँगनमा कला प्रदर्शनी गर्न पाउँदा झन मनोबल बढ्ने बताउनुभयो ।
२०९ जना कलाकारका २४१ वटा कलाकृति समावेश भएको प्रदर्शनी चैत्र १ गते सम्म संचालन हुनेछ ।