निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले आजदेखि राजधानीमा छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ आयोजना गरिएको छ ।
वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।
ललितपुर, वैशाख ४ गते। नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख ११ गते सुरु हुँदैछ । वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’ दिनदेखि निर्माण गर्न सुरु गरिन्छ । त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो । मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथजात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराही र ञवालले मात्र काम गर्ने महर्जनले बताउनुभयो। ‘महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठसम्बन्धी काम सुरु गर्छन’, उहाँ भन्नुहुन्छ, ‘याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्। रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्। रथ बनाउने काममा ३५ जना खटिएका छन् । यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। भोटो जात्राको दिन ’ञवाल’ ले ‘बायम्व’को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि ‘बायम्व’ खसालिन्छ। त्यो खसालिएको ‘बायम्व’ घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।तस्बिर : मनोजरत्न शाही
भक्तपुरको प्रशिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो ल्यासिंखेलमा बिहीबार राति हजारौँ जात्रालुको सहभागीतामा उठाएर जात्रा मनाइँदै।
बज्रयोगिनी जात्राको आइतबार मुल जात्रा भएको छ ।
काठमाडौं, चैत २३ गते । साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।
सेतो मच्छिन्द्रनाथको रथजात्राको अवसर पारेर नेपाल फोटो पत्रकार सङ्घ (एनएफपिजे) ले तीन दिने फोटो प्रदर्शनी गरेको छ ।
आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।
असन जात्रा (न्हि जात्रा) बुधबार सम्पन्न भएको छ। पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो।
काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्हे जात्रा आज बाट सुरु भएको छ । सोमबार चर्हेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइयो ।
फागु पूर्णिमामा धालासिक्व मानन्धर सनागुठी खलःले चीर तयार गरिरहेको छ । फागुन शुल्क अष्टमीका दिन ठड्याइने चीर उठाएपछि होली शुरु हुने मान्यता छ ।
नेवार समुदायमा इहि संस्कार (बेलविवाह) विधिवत् रुपमा भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको भेलुखेलका राजेन्द्र लेगेको छोरीको इहि गर्न लाग्दा सो क्षेत्रका ३९ जना कन्या सो संस्कारमा उपस्थति भएका थिए ।
केही महिनादेखि नेपालविद्युत प्राधिकरणले राजधानीका विभिन्न स्थानमा भूमिगत विद्युतीय तार (केबल) विस्तारकाे काम गरिरहेकाे छ ।
धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि विगतमा जस्तै यो वर्ष पनि साजसज्जा तथा रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ।