• १२ साउन २०८१, शनिबार

तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस

blog

ज्यापु दिवसमा सहभागी । तस्बिर : मनाजरत्न शाही

काठमाडौं, पुस १० गते । नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्‍याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो। 

नेवारी परम्परागत बाजा, धुन्याँ तथा झाँकीका साथ अगाडि बढेको र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा भएको हो । 

कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले नेपाल संम्वतलाई सरकारकारी कागजमा उल्लेख गर्ने निर्णय गरेको भन्दै ज्यापु समुदायले उहाँलाई अभिनन्दनसमेत गरेको छ । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।