• २१ वैशाख २०८१, शुक्रबार

पशुपतिमा शतबीज छर्नेको भीड

blog

बालाचतुर्दशीका दिनमा आफन्तलाई सम्झँदै पशुपतिमा शतबीज छर्दै । तस्बिर: मनोजरत्न शाही

काठमाडौँ, मङ्सिर २५ गते । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नु भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो । 
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट आज सोमबार शतबीज छर्ने प्रचलन छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।