• १५ वैशाख २०८१, शनिबार

तस्बिरमा नृत्य मेला

blog

नृत्य मेलामा आफ्नो प्रस्तुति दिँदै कलाकारहरू । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, माघ ८ गते । नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।

गणेश बन्दनाबाट सुरुवात भएको कार्यक्रम झण्डै चार घण्टा मञ्चन भएको थियो । चार देखि ५४ वर्षसम्मका विद्यार्थीलाई एउटै मञ्चमा उतारेर शायद नेपाः डान्स एकेडेमीले पहिलो पटक रेकर्ड नै बनाएको छ ।

काठमाडौँका नेवार समाजमा हुर्केर, बढेर नृत्य क्षेत्रमा केही गरुँ भन्ने अभिलाषा बोकी विगत १३ वर्षदेखि रोहिया महर्जन र रिना महर्जन सिंह दुई जना मिलेर संस्था नेपा: डान्स एकेडेमी अगाडि बढिरहेको हो ।

नेपा: डान्स एकेडेमी नृत्यको क्षेत्रमा रुचि राखी आफ्नो क्षमताको विकास गर्न चाहने विद्यार्थी र संस्थालाई सुरुका दिनदेखि निरन्तर सल्लाह, सुझाव एवम् मार्ग निर्देशन प्रदान गर्दै आएका शुभेच्छुक एवम् सहयोगीहरूले हातेमालो गर्दै अगाडि बढ्न दृढ संकल्पित रहेको रिना महर्जन सिंहले बताउनुभयो ।





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।