काठमाडौं ,पुस २९ गते। उल्लासमय माघे सङ्क्रान्ति तथा पर्व माघीको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढेको छ। अन्य समयमा सामान्य रूपमा व्यापार हुने तरुलगायतका कन्दमूलको व्यापार अहिले बढेको छ।
उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कृषि उत्पादनहरू व्यापारीले बिक्री गरिराखेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार अहिले कालीमाटीमा एक हजार ३४५ टन तरुल आएको छ। यो गत वर्षको तुलनामा बढी हो।
गत वर्ष एक हजार तीन सय टनको हाराहारी मात्र तरुल आयात भएको उहाँको भनाइ छ। नेपालको सर्लाही, सुनसरी, मोरङ, झापा, मकवानपुर चितवन, नवलपरासी, नुवाकोट लगायतका जिल्लाबाट तरुल आयात भएको श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार कालीमाटीमा आउने तरुल ९३ प्रतिशत नेपालकै उत्पादन हो भने बाँकी सात प्रतिशत भारतबाट आउने गरेको छ । यस्तै २७५ टन सखरखण्ड कालिमाटीमा आएको छ भने पिँडालु ११७ टन आएको छ।


















 
                                        उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ । 
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                