• १५ वैशाख २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)

blog

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, फागुन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ ।

सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गर्नुभएको थियो ।

वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।



राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर) राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर) राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर) राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)
Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।