• २१ वैशाख २०८१, शुक्रबार

कला र संस्कृतिको संरक्षणका लागि भित्तेचित्र (फोटो फिचर)

blog

सिन्चाहिटीमा कोरिएका भित्तेचित्र


ललितपुर, मङ्सिर २ गते। कला, संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनको   उद्देश्य लिएर ललितपुरको सिन्चाहिटी टोलमा भित्तेचित्रे गरिएको छ।  चित्रकलाको माध्यमबाट समग्र ललितपुर झल्काउने प्रयास गर्दै गरिएको बताउनुभयो। नेपालको सम्पदा हिजो पनि थियो, आज पनि छ र भोली पनि रहिरहने छ भन्ने सन्देशका साथको भित्तेचित्र बनाइएको  आश्विन आर्ट स्टुडियोका चित्रकार आश्विन काफ्लेले बताउनुभयो ।

हिजो आज भोलि (अक्षर), मंग हिटी, ज्यापु , महिला (कृषक), ललितको चिह्न, तंत्रको चिह्न, पौवा चित्र झल्काउने बादल, मन्जुश्री, महाबुद्ध ÷ (महाबौद्ध), रथ को पांग्रा, माने, अशोक को स्तुपा, सर्वेश्वर महादेब (पाँच तले मन्दिर), आधुनिक घर, सिँह (ढुङ्गाले बनाएको), कृष्ण मन्दिर, सिद्धि नरसिंह मल्लको स्तंभ, परेवा, चेपु, चैत्य र बिहार, यल, ललितपुरको नक्शा , घण्टा, बाँसुरी बजाएको रथ (मछिन्द्रनाथ, मिननाथ), बाजा बजाएको, नरसिंह अवतार (कार्तिक नाच), कुमारी, गणेश, ब्रह्माण्ड (रात्री आकाश), ललितपुर (अक्षर), रञ्जना लिपि (यल) आदि भित्तेचित्रमा सजिएको छ।

सिन्चाहिटीको औद्योगिक क्षेत्रतर्फ रहेको एउटा भित्ता खाली रहेको देखेपछि यसलाई कुन प्रकारले प्रयोगमा ल्याउँदा राम्रो देखिन्छ भन्ने सोचका साथ बस्नु भएका कलाकार तथा समाजसेवी शेषराम श्रेष्ठले आफूहरुसँग भेट भएपछि राम्रो काममा हातेमालो गर्न आफू र आफ्नो टिम लागि परेको बताउनुभयो। यसका लागि १६ जनाको समूहले काम गर्नु भएको उहाँको भनाइ छ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।