• २१ वैशाख २०८१, शुक्रबार

तस्बिरमा बोधिसत्त्वको मञ्चन

blog

अगुंलीमालको भूमिकामा कलाकार सुदन मुनिकार ।

काठमाडौं, पुस १ गते। गुरुको गलत विवेकले जन्माएको एक हिंस्रक प्राणीको कथा हो नाटक ‘बोधिसत्त्व’।  टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको नाटकले समाजमा भएका राम्रा स्वभाव भएका मानिस पनि परिबन्ध र वचनको सिकारमा कसरी हिंसाको बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने कुरा चित्रण गरिएको छ।  

समाज र गलत मानिसका कुरा सुनेर गुरुले आफ्ना अब्बल शिष्यसँग गुरु दक्षिणाको रूपमा हिंसातर्फ धकेलिदिन्छ।  गुरुले मागेको गुरु दक्षिणालाई जसरी पनि पुरा गरेर आफू उत्कृष्ट शिष्य बन्ने तृष्णा पलाएपछि हिंसाको बाटोमा हिँड्न बाध्य हुन्छन्।  समस्त प्राणीलाई माया प्रेम र स्नेह गर्ने 'अहिम' पनि अगुंलीमाल जस्तो हिंस्रक बन्न पुग्छ भनेर नाटकमा देखाउन खोजेको छ।   

बौद्ध कथामा आधारित यो नाटकलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रूपान्तरण गर्नुभएको हो।  चन्द्रमान मुनिकारको लेखन, परिकल्पना र निर्देशनमा नाटक तयार भएको छ।  नाटकमा सुदन मुनिकार, सङ्गीता थापा, अनिषा श्रेष्ठ, नानुमैयाँ महर्जनलगायत कलाकारले अभिनय गर्नुभएको छ।   


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।