• २१ वैशाख २०८१, शुक्रबार

७९ जना बालिकाको बेलविवाह (फोटो फिचर)

blog

सामूहिक इहि (बेलविवाह) मा सहभागी कन्या । तस्बिर मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ११ गते । काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ । आयोजक बिणा महर्जनका अनुसार बेलविवाह गरेका कन्यालाई यस पश्चात् कुमारी पूजामा समावेश गराइँदैन । उहाँका अनुसार बेलविवाहमा कन्याका बुवाले कन्यादान गरे पश्चात् इहि (बेलविवाह) सम्पन्न हुन्छ । 

यस संस्कारमा बेललाई विष्णुको प्रतीक मानेर विवाह गर्ने चलन छ । यस्तै,  गुफा राख्ने पनि चलन छ । यस संस्कारमा सूर्यसँग पनि विवाह गराउने चलन छ । नेवार महिलाको श्रीमानको मृत्यु भए पनि विधवा नहुने मान्यता छ । कामपा १९ वडा अवस्थित कंकेश्वरीको मन्दिरको प्राङ्गणमा ७९ जना बालिकाकाे सामूहिक इहि गरिएको हो ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।