• २ माघ २०८१, बुधबार

काठमाडौंमा यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

blog

झाँकी प्रस्तुत गर्दै सहभागी । तस्बिर मनोजरत्न शाही

काठमाडौं, माघ १ गते । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । नेपालको जनसङ्ख्याको चौथो स्थान ओगट्ने थारू समुदायले यसलाई माघी पर्वका रूपमा धुमधामका साथ मनाउँदैछन् ।

यस पर्वको अवसरमा काठमाडौंमा रहेका थारूहरूले वसन्तपुरमा झाँकी प्रदर्शन गरेका छन् । आफ्नो कला–संस्कृति झल्कने पहिरनमा सजिएर थारूले वसन्तपुरदेखि टुँडिखेलसम्म झाँकी निकालेका हुन् ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।