• २१ असोज २०८२, मङ्गलबार

नवदुर्गा नाच सम्पन्न (फोटो फिचर)

blog

तस्बिरः मनोजरत्न शाही

ललितपुर, असोज २१ गते । दसैँको टीकाको दिन सुरु भएको नवदुर्गा नाच सम्पन्न भएको छ ।  टीकाको दिन र पूर्णिमामा गरेर दुई पटक नचाइने यो नाच मंगलबार सम्पन्न भएको हो । नेवार समुदायको प्राचीन देव देवीका रुपमा पूजिने थेचो नवदुर्गा ललितपुरको थेचो र पाटन दरबार क्षेत्रमा नचाउने चलन छ।

टीकाको दिन र पूर्णिमामा गरेर दुई दिनमा दुई पटक देवी नाच प्रस्तुत गरे फेरि थेचोमा नै फर्काइएकाे छ । योमरी पुन्हिमा फेरि नाच प्रस्तुत गर्ने गरिन्छ । 




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।