• ९ कात्तिक २०८२, आइतबार

छठको पूर्वसन्ध्यामा गौरीघाट (फोटो फिचर)

blog

छठको पूर्वसन्ध्यामा सजिएको गौरीघाट । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, कात्तिक ९ गते। काठमाडौँमा सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ। तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र  समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ। 

विशेषगरी तराई मधेशमा मात्र मनाइने छठ पछिल्लो समय उपत्यका र पहाडमासमेत मनाउन थालिएको छ।  तराई मुलका हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन्। 

हिन्दू धार्मिक मान्यताअनुसार यो पर्व वर्षमा दुईपटक अर्थात् कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने गरेको छ।  

छठ पर्व चार दिनसम्म मनाउने गरिएको छ। पूजाको प्रथम दिन व्रतालु नुहाई धुवाई शुद्ध भई पूजन सामग्री तयारीमा लाग्ने गर्छन्। यसदिन व्रत बस्नेले चोखो अरवा चामलको भात, चना तथा रहरको दाल तथा लौका वा फर्सीको तरकारी खाने गर्छन्। दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन्। जसमा व्रतालु निर्जल रही बेलुका माटोको चुलोमा खिर, रोटी तथा पुरी पकाएर भगवान्लाई चढाएर त्यही प्रसाद खाने तथा आफन्तजनलाई प्रसाद खुआउने गर्छन्। 

३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुन्छ। त्यस अवधिमा व्रतालुहरू पानीसमेत नखाई सूर्यपूजा तथा उपासनामा रहन्छन्। यसै क्रममा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ। 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।