काठमाडौँ, भदौ १८ गते । इन्द्रजात्रा (येँया) को तयारी वसन्तपुर दरबार क्षेत्रमा भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रङरोगन तथा तोरण फेर्ने काम धमाधम भइरहेको छ ।
बिहीबारको दिन उपाकु रहेको येँयाको पहिलो दिन भएकाले भित्र रहेका भगवानका मूर्तिलाई बाहिर ल्याइ प्रतिस्थापन गर्ने काम भइरहेको छ । इन्द्रजात्राको दिनदेखि सुरु हुने रथजात्राका लागि पनि आजैबाट रथको व्यवस्थापन र मर्मतको काम पनि थालिएको छ । आउँदो बिहिबार द्वादशीकाे दिन बिहान १०ः३१ को शुभ साइतमा इन्द्रध्वजोत्थानपछि येँया सुरु हुनेछ ।