फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १५ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख भट्टले सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि दुवै विधेयक वैशाख ११ गते प्रदेश प्रमुखको कार्यालयमा पेस भएका थिए । गण्डकी प्रदेशमा विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भट्टले विधेयकहरू प्रमाणित गर्नुभएको हो ।
गण्डकी प्रदेश सभाको गएको सातौं अधिवेशनले ६ वटा विधेयक पारित गरेको थियो । यो अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ । यही अधिवेशनबाट संसद बैठक क्यालेन्डरअनुसार सञ्चालन गर्न थालिएको छ ।