• २१ असार २०८१, शुक्रबार

क्योकुशिन सेईसिन काईकान कराते सम्पन्न

blog

करातेका पदक विजेता खेलाडीहरु ।

काठमाडौँ, फागुन ६ गते । नेपाल क्योकुशिन–सेईसिन काईकान कराते सङ्घको आयोजनामा सुर्यविनायक डोजोको संयोजकत्वमा फागुन ४ र ५ गते २ दिनसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा पुरुष खुला तौल समूहमा नेपाल आर्मीका शनि शिं, ५५ केजी तौल समूहमा नेपाली सेनाकै भूपेन्द्र वली, ५० केजीमा प्रिन्स देउला, ४५ केजीमा प्रवेश गुरुङ, ४० केजीमा आकाश नेपाली, ३५ केजीमा ईशान सापकोटा तथा महिला खुला तौल समूहमा नेपाली सेनाका अनुपा नेपाली, ५० केजीमा सपना आले, ४५ केजीमा पल्पसा परियार, ४० केजीमा अस्मिता नेपाली, ३५ केजीमा जानकी रोकायाले स्वर्ण जित्नुभयो । 

खुला तौल समूहमा अमित महर्जन, ५५ केजीमा सुनिल कुँवर, ५० केजीमा सुजन सापकोटा, ४५ केजीमा समरकुमार माझी, ४० केजीमा सन्तोष मर्दनिया, ३५ केजीमा अमनकुमार गुप्ता तथा महिला खुला तौल समूहमा प्रमीला बुमी, ५० केजीमा सृष्टि तामाङ, ४५ केजीमा सृष्टि तामाङ, ४० केजीमा सानु तामाङ, ३५ केजीमा उजेली रावलले रजत जित्नुभयो ।

यस्तै खुला पुरुष तौल समूहमा नेपाली सेनाका विकास गुरुङ तथा प्रशान्त मगर, ५५ केजी तौल समूहमा आकाश तामाङ तथा बालकृष्ण ठाकुर, ५० केजीमा पासाङ तामाङ तथा किशोर तामाङ, ४५ केजीमा धर्मेन्द्र शर्मा तथा कृष्ण विष्ट, ४० केजीमा अङ्कित आलेमगर तथा साजन महर्जन, ३५ केजीमा असिम बोगटी तथा सिजन तामाङ र महिला खुला तौल समूहमा नेपाली सेनाका अप्सरा कुमाल तथा अर्पना तामाङ, ५० केजीमा कृष्टि तामाङ तथा नन्दिका राई, ४५ केजीमा आयुषा तामाङ तथा सपना तामा, ४० केजीमा अनुशा चौधरी तथा कमला वानिया, ३५ केजीमा सबिना बुढा तथा रुपा नेपालीले कांस्य पदक जित्नुभयो । 

प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कांस्य जितेको नेपाली सेना टिम च्याम्पियन बन्यो । प्रतियोगितामा देशभरबाट एक सय ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, माननीय प्रदेश सांसद किरण थापा, केन्द्रीय सङ्घका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।