• १३ असोज २०८१, आइतबार

नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य

blog

दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल ‘ए’ र क्यानडाका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ८ गते । एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनायो । 

क्यानडाका लागि श्रेयस मोम्भाले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन जोड्नुभयो । बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीन/तीन विकेट लिनुभयो । शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद एक एक विकेट लिनुभयो ।

तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपाल आज जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ भने क्यानडा दुई खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।