• २२ वैशाख २०८१, शनिबार

भिमसेन तारासँग सेना पराजित

blog

प्रतियोगिता अघि सामूहिक तस्बिर खिचाउँदै खेलाडी । तस्बिर : गोरखापत्र

गुणबहादुर रोका 

सुलीकोट, फागुन ७ गते । गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ । 

भिमसेन ताराका लागि सुरज बिष्ट, सुनिल घलान र समिराज थोकरले गोल गर्नुभयो । भिमसेन ताराले अर्को गोल सेनाबाट आत्मघाती उपहार पाएको थियो । समिराज थोक म्यान अफ दि म्याच हुनुभयो ।