झिल्टुङ दौड माघ पहिलो साता
झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
राष्ट्रिय भारोत्तोलनमा राजुलाई स्वर्ण
मध्यपुर ठिमीमा जारी २६औँ भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधवार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जित्नुभएको छ । यस विधामा नेपाली आर्मीका मुक्तिराम घलेले रजत जित्नुभयो ।
मङ्गल प्रसादलाई किशोर सिंह राठौर यु–१६ क्रिकेट उपाधि
मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।
नेपाल पुलिस फाइनलमा
नेपाल पुलिस क्लब सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै पुलिस उपाधिको नजिक पुगेको हो ।
एपीएफका प्रिन्स र सुजन प्रिक्वार्टरफाइनलमा
नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
क्यानको महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको आरोप
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको उक्त पदका प्रतिस्पर्धी नवराज कोइरालाले आरोप लगाउनुभएको छ ।
हक्की सङ्घद्वारा सशस्त्र प्रहरीलाई खेल सामग्री प्रदान
नेपाल हक्की सङ्घले सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बङ्गलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की खेल सामग्री प्रदान गरेको छ ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
तुल्सीलाल स्मृति बुद्धिचालमा आयोजकको अग्रता
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा मंगलबारदेखि ललितपुरमा छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा मंगलबारदेखि २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको मंगलबार नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्नुभयो ।
क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गाना
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी
गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो ।
युनाइटेड एफए कपको चौथो चरणमा
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको तेस्रो चरणको खेलमा विगन एथलेटिक्सलाई उसैको मैदानमा २–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।
जर्मनीका महान् फुटबलर फ्रान्जको निधन
जर्मनीका चर्चित विश्व फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै सोमबार फ्रान्जको निधन भएको जानकारी दिएको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
एपिएफको पोस्टमा सङ्कटाको सात गोल
सङ्कटा क्लबले जारी एन्फा यु-१६ यूथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल गरेको छ।
राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिप सुरु
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा छैटौँ तुलसीलाल स्मृति क्लब राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिप सोमबार सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चालेर प्रतियोगिता उद्घाटन गर्नुभयो ।
ब्याडमिन्टन खेलाडीलाई ललितपुर महानगरको सहयोग
ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ब्याडमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरू रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दक्षिण अफ्रिकामा नेपाली यु–१९ टोलीको अन्तिम तयारी सुरु
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।
एपिएफ क्लब सेमिफाइनलमा
विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साबिक विजेता नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिभरपुल एफए कपको चौथो चरणमा
कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।
तुल्सिलाल स्मृति बुद्धिचाल सोमबारदेखि
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सोमबारदेखि ललितपुरमा सुरु हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घले संयुक्त रूपमा योजना गरेको प्रतियोगिता च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा पुस २८ गतेसम्म चल्नेछ ।
खेल मैदानमा मेला-महोत्सव नगर्न आग्रह
प्रदेश खेलकुद परिषद् गण्डकीले वालिङ नगरपालिका खेल मैदानमा कुनै पनि मेला-महोत्सव नगर्न आग्रह गरेको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघमा
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुनेभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार २०७९ को स्पोर्ट्स अवार्डको मिति घोषणा गरेको हो ।
अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने
मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।