• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिम र आयोजक एकेडेमीको जित

blog

हक्कीमा प्रतिस्पर्धा गर्दै महिला खेलाडी ।

काठमाडौँ, फागुन १७ गते । सुदूरपश्चिम प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जकनपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित हात पारेको  छ ।

तीन खेलाडीले ह्याट्रिक गोल गरेको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० गोलको फराकिलो अन्तरले हरायो ।

सुदूरपश्चिमको जितमा आशिका एसके, ‘प्लेयर अफ दि म्याच’, बुलबुल कुमारीले  र सरिता उराव झागढले ह्याट्रिक गर्नुभयो । सन्जनाकुमारी भारती र नमिता एसकेले एक एक गोल गर्नुभयो । 

अर्को खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कोशी प्रदेशलाई ७–१ गोलले हरायो । एकेडेमीको जितमा  मधु राईले ह्याट्रिक गर्नुभयो ।

सुनिता नेगीले दई तथा पूर्णिमा राई र जाग्रिती यादवले एक एक गोल गर्नुभयो । गण्डकी प्रदेश र लुम्बिनीबीचको खेल गोलरहित बराबरीमा सकियो ।