• १३ असोज २०८१, आइतबार

दाङ क्रिकेट लिग–२ : तुलसीपुर र घोराहीको दोस्रो जित

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

घोराही, फागुन १६ गते । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल)अन्तर्गत बुधबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् । 

घोराही क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले तथा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पाँच विकेटले पराजित गरेको हो । जितमा तुलसीपुर रोयल्सले दिएको एक सय नौ रनको लक्ष्य पछ्याएको पुरनधाराले २० ओभरमा सात विकेटको क्षतिमा ७६ रन मात्र बनाउन सक्यो । 

यस्तै अर्को खेलमा जितका लागि देउखुरीले दिएको एक सय तीन रनको लक्ष्य घोराहीले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । दाङ क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० रुपियाँ र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् ।  उत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ पूदान गरिने आयोजकले जनाएको छ ।