केपी ओली कपमा भारत र भुटानका क्लबले खेल्ने
दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा भारत र भुटानका क्लब पनि खेल्ने भएका छन् ।
प्रधानमन्त्री कप क्रिकेट : बागमती र कर्णाली विजयी
बागमती प्रदेश र कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमबिच पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो ।
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
बर्दीबासमा मेयर कप भलिबल सुरु
महोत्तरीको बर्दीबासमा दोश्रो मेयर खुला पुरुष नकआउट भालिबल प्रतियोगिता सुरु भएको छ । चल्की विजलपुरामा मङ्गलबार भएको उद्घाटन खेलमा किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै घरेलु टोली विजलपुराले जित निकालेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : बागमती र पुलिस विजयी
बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
मेस्सीलाई फिफा वर्ष उत्कृष्ट खेलाडी अवार्ड
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड जित्नुभएको छ । सोमबार राति भएको कार्यक्रममा मेस्सीले केलियन एमबाप्पे र अर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९:०० बजे सुरु हुने छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र सुदूरपश्चिम विजयी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
आफ्नै प्रयासमा संरचना बनाएर क्रिकेट खेल्दै खेलाडी
म्याग्दी जिल्लामा क्रिकेट खेल्नका लागि पर्याप्त पूर्वाधार छैन । मैदानको अभावमा स्थानीय क्रिकेट प्रेमीहरू अहिले आफ्नै प्रयासमा मैदान जोहो गरी क्रिकेट खेल्ने इच्छा पूरा गरिरहेका छन् ।
बार्सिलोनालाई हराउँदै रियल सुपर कप च्याम्पियन
चर्चित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
एमबाप्पे र ब्राइलीको गोलमा पीएसजी विजयी
फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हरायो ।
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९: १५ बजे सुरु हुने छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको सुखद सुरुवात
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
यु–१९ विश्वकपमा प्रभाव पार्न सक्ने नेपालका खेलाडी
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ ।
अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी
यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।
प्रकाश दाहाल स्मृति ब्याडमिन्टन : प्रिन्स र रसिला च्याम्पियन
एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ ।
बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई
खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।
आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि
तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।
करातेमा बागमती टिम च्याम्पियन
बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।
दोलखाले जित्यो राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिप उपाधि
छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।