यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल बुधबार
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र कर्णाली विजयी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार जित निकालेका छन् ।
मिसन एसियाड : पाँच खेलको प्रशिक्षण सुरु गरिने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औँ एसियाली खेलकुद (एसियाड) लाई प्रभावकारी बनाउने लक्ष्यका साथ पाँच खेलको प्रशिक्षण तत्काल सुरु गर्ने भएको छ ।
स्पोर्ट्स अवार्डलाई लालपुर्जाको सहप्रायोजन
२०औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डलाई लालपुर्जा नेपालले सहप्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा माघ २८ गते हुने अवार्डका लागि रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपुर्जा नेपालले सहप्रायोजन गर्न लागेको हो ।
प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ ।
एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त
लेखा परीक्षकको नियुक्त गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ ।
‘दाङ क्रिकेट लिग’ फागुनमा
दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि हुन थालेको दाङ क्रिकेट लिगको दोस्रो संस्करणको बारेमा जानकारी दिएको हो ।
इस्टर्न ओपन गल्फ बुधबारदेखि
सूर्य नेपाल इस्टर्न ओपन गल्फ बुधबारदेखि धरान गल्फ क्लबमा हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ सङ्घको आयोजनामा तीन दिन सञ्चालन हुने प्रतियोगितामा ३० प्रो र १० एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।
प्रधानमन्त्री कप क्रिकेट : मधेश, बागमती र पुलिस विजयी
मधेश, बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।
टेबलटेनिसमा चीन र भारतका खेलाडीले भाग लिने
छैटौँ संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चीन र भारतका खेलाडीले पनि भाग लिने भएका छन् ।
रामतुलसी माविलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
रामपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ ।
यु–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेपालको हार
आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । नेपाल आठ वर्षपछि यु–१९ विश्वकपमा सहभागी भएको हो । हारबाट सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानविरुद्ध खेल्ने छ । समूह डीमा अफगानिस्तान पनि रहेको छ । एक दिनअघि पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
रुम्जाटारले जित्यो राष्ट्रपति रनिङ शिल्ड उपाधि
सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले जितेको छ । प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ कांस्य गरी ६८ पदकसहित रुम्जाटारले उपाधि जितेको हो ।
यु–१९ विश्वकप : नेपाललाई न्युजिल्यान्डले दियो ३०३ रनको चुनौतीपूर्ण लक्ष्य
आइसिसी यु–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाललाई जितको लागि न्युजिल्यान्डले तीन सय तीन (३०३) रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी पुलिससँग स्तब्ध
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
छैटौँ मेयर कपको उपाधि वडा नं. ६ लाई
चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ ।
खेलकुदमा क्षमता अभिवृद्धि तालिम सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबारदेखि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको जितमा कोशी २५ रनमा अलआउट
गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १ सय ४२ रनको फराकिलो जित निकालेको छ ।
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डविरुद्ध फिल्डिङमा
दक्षिण अफ्रिकाका जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेलिरहेको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाल पहिला फिल्डिङ गरिरहेको छ ।
‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा ...
पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।”
यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।
सुरोजलाई रापिड बुद्धिचाल उपाधि
टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले जित्नुभएको छ ।
एनआरएनएद्वारा क्यान पदाधिकारीलाई सम्मान
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।