• २१ वैशाख २०८१, शुक्रबार

एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

blog

जित निकालेपछि एट्लेटिको म्याड्रिडका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, चैत १ गते । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इन्टर मिलानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।

घरेलु मैदानमा भएको खेल एट्लेटिकोले २–१ गोलले जितेको थियो । तर, पहिलो लेगको नतिजाले गर्दा खेल खेल २–२ गोलको बराबरीमा सकियो । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । 

यस्तै बुधबार राति नै भएको अर्को खेलमा बोरुसिया डर्टमन्डले पिएसभी इन्धोभेनलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । डर्टमन्ड समग्रमा ३–१ गोलले विजयी भयो । डर्टमन्ड तीन वर्षपछि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको हो । एजेन्सी