• २१ वैशाख २०८१, शुक्रबार

चेल्सीको प्रतिस्पर्धात्मक जित

blog

गोल गरेपछि चेल्सीका खेलाडी । तस्बिर : बीबीसी

काठमाडौँ, फागुन २९ गते । चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो । 

चेल्सीलाई जित दिलाउन नोकोलस ज्याक्सनले छैटौँ, कोल पाल्मरले ५७औँ र मिखाइलो मुड्रिकले ७६औँ मिनेटमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि अलेक्जेन्डर इसाकले ४३औँ र याकोब मर्फीले ९०औँ मिनेटमा गोल गरे पनि टोलीको हार टरेन । 

जितसँगै २७ खेलबाट ३९ अङ्क बनाएको चेल्सी ११औँ स्थानमा छ। पराजित न्युक्यासल २८ खेलबाट ४० अङ्क जोड्दै १०औँ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको आर्सनल र दोस्रो स्थानमा रहेको लिभरपुलको समान ६४ अङ्क छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ६३ अङ्क बनाएको छ । एजेन्सी