• १३ असोज २०८१, आइतबार

हिमालयन चेस एकेडेमी सञ्चालनमा

blog

हिमालयन चेस एकेडेमीको लोगो सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १ गते । काठमाडौँको थापाथलीमा हिमालयन चेस एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालको पहिलो बुद्धिचाल च्याम्पियन विकासमान लामाले उद्घाटन गर्नुभयो । 

स्कुले बालबालिकालाई बुद्धिचाल खेल सिकाउने उद्देश्यले बुद्धिचाल खेलकी पूर्व नेपाल च्याम्पियन मोनालिसा खम्बूले एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो । उद्घाटन कार्यक्रममा एकेडेमीको लोगो पनि सार्वजनिक गरिएको थियो । 

एकेडेमीमा दक्ष जनशक्तिबाट बुद्धिचाल खेलको आधारभूतदेखि विशेष ज्ञानसम्म दिइने बताइएको छ । एकेडेमीले साना बालबालिकालाई लक्षित गरी हरेक शनिबार विशेष कक्षा पनि सञ्चालन गर्दै आएको छ ।