• २१ वैशाख २०८१, शुक्रबार

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र मोरङका खेलाडी । तस्बिर : गोरखाप

निशा राई

धरान, फागुन २८ गते । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लब २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा सोमबार भएको खेलमा मोरङलाई जिताउन ७०औँ मिनेटमा महेन्द्र कार्की, ७८औँ मिनेटमा उमेश कार्की र इन्जुरी समयमा सुशील राईले गोल गर्नुभयो । उमेश कार्की म्यान अफ दि म्याच हुनुभयो । 

उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । मङ्गलबार चर्च ब्वाईज युनाईटेड र काँकडभिट्टा फुटबल ट्रेनिङ झापाबिच प्रतिस्पर्धा गहुने छ । प्रतियोगितामा विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।