निता अन्तर्राष्ट्रिय निर्णायक
तेक्वान्दो खेलाडी निता गुरुङ अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको छ ।
प्रधानमन्त्री कप : मधेश प्रदेशको विजयी सुरुवात
मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो ।
ढोरपाटन महिला भलिबलमा आठ टोली
१६औँ ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा आठ टोलीको सहभागिता रहने भएको छ । आयोजक ढोरपाटन क्लबले शनिबार पत्रकार सम्मेलन गरी लिगमा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो ।
भद्रगोल खेल सङ्घहरु व्यवस्थित गर्दैछौँ : सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताउनुभएको छ ।
टिम बुद्धिचाल च्याम्पियनसिप : दोलखा र भक्तपुर फाइनलमा
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घबिच प्रतिस्पर्धा हुने भएको छ ।
माङ्सेबुङ इलामलाई अध्यक्ष कप उपाधि
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।
प्रिन्स र रशिला उपाधि नजिक
प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले हराउँदै आर्मीका प्रफुल महर्जनसँगको फाइनल भेट पक्का गर्नुभएको हो । प्रफुलले पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५, २१–१२ ले हराउनुभयो ।
धुलिखेलमा रेफ्री प्रशिक्षण कार्यक्रम हुने
बागमती प्रदेशभित्र रहेका जिल्लाहरुमा रहेको फुटबलका जिल्ला रेफ्रीहरुको अभाव पुरा गर्ने उद्देश्यले फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान
जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको हो ।
प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल्नका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा भएको छ ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको तयारी पूरा
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सहभागी टोलीले तयारी र खेलाडी छनोट सम्पन्न गरिसकेका छन् ।
क्रिकेट खेलाडी छनोटप्रति बाँकेको असहमति
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ ।
केपी ओली कपको प्रचारका लागि मैत्रीपूर्ण फुटसल
नेकपा एमाले निकटको युवा संगठन राष्ट्रिय युवा सङ्घ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा सकिएको छ ।
प्रिन्स र विष्णु क्वार्टरफाइनलमा
एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
टिम च्याम्पियनसिप बुद्धिचाल : नकआउट समीकरण पूरा
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको नकआउट समीकरण पूरा भएको छ ।
आत्मवोधलाई राष्ट्रपति रनिङ शिल्ड
गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आत्मवोध माध्यमिक विद्यालय प्रथम भएको छ ।
जिल्ला स्तरीय मेयर कप फुटबल माघमा
बाँके जिल्ला फुटबल सङ्घले कोभिड–१९ पछि पहिलो पटक जिल्ला स्तरीय मेयर कप छात्र–छात्रा प्रतियोगिता गर्ने तयारी गरेको छ ।
भलिबलमा पुलिस च्याम्पियन
३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पूर्वकप्तान लामिछाने निलम्बित
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
आहा रारा गोल्ड कप माघ ९ गतेबाट
यसपालिको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ ।
स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै
तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उहाँ यस खेलप्रति आकर्षित हुनु भएको हो
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।