• १३ असोज २०८१, आइतबार

राष्ट्रिय महिला भलिबलमा शनिबार पाँच खेल हुँदै

blog

इमान सिं राना
रामपुर (पाल्पा), फागुन १९ गते । 
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा पहिलो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेल बिहान मधेश प्रदेश र कोशी प्रदेशबिच हुनेछ । दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबिच हुनेछ । तेस्रो खेल बागमती प्रदेश र कोशी प्रदेशबिच हुनेछ भने चौथो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र लुम्बिनी प्रदेशबिच हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । पाँचौँ खेलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको तीन खेलमा लुम्बिनी, बागमती र एपीएफ क्लब जित निकालेको छ । बागमतीले सुदूरपश्चिम, एपीएफले कर्णाली र लुम्बिनीले गण्डकीलाई सोझो सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो । फागुन २२ सम्म रामपुरमा हुने प्रतियोगितामा सहभागी आठ समूह मध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह ‘वि’ तर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।