• १६ वैशाख २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन १९ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रदैछ । 

नेपाललाई फाइनल खेल्ने सम्भावना कायम राख्न आज नेदरल्यान्ड्समाथि जित निकाल्नु पर्ने बाध्यता छ । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै फाइनल खेल्ने सम्भावना जीवित राखेको थियो । 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । आज जित निकाल्न सके नेपालले चार अङ्क जोड्नेछ । अहिले तीन खेलबाट दुई अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ । 

दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएका नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ ।