• १७ जेठ २०८१, बिहिबार

विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध दुई खेलका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले शुक्रबार ३३ सदस्यीय  प्रारम्भिक टोलीको घोषणा गर्नुभएको हो । टोलीमा चार जना नयाँ खेलाडीले प्रवेश पाउनुभएको छ ।

जसमा रक्षक अजय चौधरी र दीपेन्द्र विक, मिडफिल्डर रोहन कार्की र स्ट्राइकर समिर तामाङ टोलीमा पर्नुभएको छ । नेपालले मार्च २१ र २७ तारिख बहराइनसँग दुई खेल खेल्ने तालिका छ । 

प्रारम्भिक टोली 

गोलरक्षक : किरण चेम्जोङ (कप्तान) अभिषेक बराल, विशान सुनार र दीप कार्की

रक्षक : अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ 

मिडफ़िल्डर : एरिक विष्ट, विशाल तामाङ, क्रितिशरत्न छुन्जु, लाकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई 

स्ट्राइकर : अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जम, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सन्जीव विष्ट ।