• १५ वैशाख २०८१, शनिबार

नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित

blog

पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान । तस्बिर : क्यान

काठमाडौँ, फागुन २० गते । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो । 

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ । खेल मैदानमा अहिले कभर ढाकिएको छ ।