• १२ साउन २०८१, शनिबार

यु–१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविलाई

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २० गते । यु –१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविले हात पारेको छ ।लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २–० गोलले पराजित गर्दै द ओल्ड क्यापिटल माविले उपाधि जित्न सफल भएको हो । 

“गोरखाको गौरव गोरखाको शान, युवा फुटसल विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०८० असोज १३ गतेबाट गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा रहेको स्वार्गिय इमान बहादुर स्मृति खेलमैदानमा भएको ९ औँ ओसन कप यु –१३ अन्तर विद्यालय लिग २०८० फाइनल खेल शनिबार बेलुका सम्पन्न भएको हो ।

द ओल्ड क्यापिटलका विपिन गुरुङ र प्रज्वल थापा मगरको १– १ गोल गर्न सफल भएका थिए । विजेता द ओल्ड क्यापिटल माविले नगद सात हजार पाँच सय सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताउनुभयो । 

उपविजेता लक्ष्मी सामुदायिक शिक्षा सदनले नगद तीन हजार पाँच सय तथा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबले जनाएको छ । असोज १३ गतेबाट सुरु भएको खेलमा नगरपालिका भित्रका नौ वटा विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए ।  

“गोरखा मेयर युवा फुटसल परियोजना” अन्तर्गत रहेको कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, वडा नम्बर ९ का वडा अध्यक्ष कुल बहादुर कुँवर, जिल्ला फुटबल सङ्घका अध्यक्ष विशाल गुरुङ लगाएको उपस्थिति रहेको थियो ।