• १२ साउन २०८१, शनिबार

पविन र क्षितिज सेमिफाइनलमा

blog

पुष्पलाल स्मृति ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन १८ गते । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष आठ बाहेकको पुरुष एकलको सेमिफाइनलमा  प्रवेश गर्नुभएको छ । 

शुक्रबार भएको खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम चारमा पुग्नुभएको हो । 

यस्तै  एपिएफका रोशन साउद र नखिपोटका बिवेक चौधरी पनि सेमिफाइनलमा पुग्नुभएको छ । साउदले एपिएफकै सुजन थापालाई २१–१४, २१–१४ र अन्तरमा र चौधरीले एपिएफका भोजबहादुर गुरुङ्गलाई ७–२१, २१–१९, २२–२० ले हराउनुभयो । 

महिला एकलतर्फको खेलमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस् ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले अन्तिम चारमा स्थान पक्का गर्नुभएको छ ।