• ७ जेठ २०८१, सोमबार

चर्च ब्वाइज र रोयल वेस्टर्नसबिच सम्झौता

blog

दुई क्लबबिच सम्झौता गरिँदै ।

काठमाडौँ, फागुन १८ गते । नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन  क्लब चर्च ब्वाइज युनाइटेड एफसी र अस्ट्रेलियामा नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नस क्लबबीच सम्झौता भएको छ ।

दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्झौता पत्रममा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नस क्लबका अध्यक्ष रोशन दाहालले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका ब्यवस्थापक उत्तम भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 

भण्डारीले सम्झौताले नेपाली फुटबल खेलाडीको पलायनलाई रोक्न सहयोग पुग्ने बताउनुभयो । सम्झौता पछि दुवै क्लबले एक आपसमा प्रक्रिया मिलाएर खेलाडी आदान प्रदान गर्ने र यसले नेपालको फुटबल विकासमा सहयोग पुग्ने विश्वास गरेको बताईएको छ ।