• २१ वैशाख २०८१, शुक्रबार

बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै एनआरटी र काँकडभिट्टाका खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई

धरान, चैत १ गते । न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । फाइनलमा एनआरटीले मोरङ फुटबल क्लबसँग खेल्नेछ । 

टाइब्रेकरमा काँकडभिट्टाका विशाल घलानको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेपछि एनआरटी फाइनलमा पुगेको थियो । ट्राइबेकरमा एनआरटीका सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गर्नुभयो । काँकडभिट्टाका लागी दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङले गोल गर्नुभयो । 

एनआरटीका सरोज तामाङ म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । शनिबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् ।