• १६ वैशाख २०८१, आइतबार

टी–२० सिरिज फाइनल : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन २२ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । स्कट एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स पहिले फिल्डिङमा उत्रदैछ । 

नेपाल घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने लक्ष्यमा छ । नेदरल्यान्ड्सपनि नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाउने तयारीमा छ । 

नेपालले चार खेलको सिरिजमा चार अङ्क जोड्दै फाइनलमा स्थान बनाएको हो । यता नेदरल्यान्ड्सले चार खेलबाट पाँच अङ्क जोड्दै शीर्ष टोलीको रुपमा उपाधि भिडन्त पक्का गरेको थियो । तीन अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो । 

सिरिजका नेपाल पहिलो नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । त्यसपछि नेपालले तेस्रो खेलमा नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

नेदरल्यान्ड्सविरुद्ध नेपाल-११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।