• ७ जेठ २०८१, सोमबार

साफ यु–१६ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागन २१ गते । नेपालले साफ यु–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगितामा सोमबार नेपालले भुटानलाई ३–० गोलले हरायो ।

सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन पूजा गिरी, कप्तान भूमिका बुढाथोकी र ज्ञानशु डोल्मा लोले गोल गर्नुभयो । जितसँगै दुई खेलमा तीन अङ्क बनाएको नेपालले फाइनल पुगे सम्भावना कायम राखेको छ ।

लगातार दुई हार खेपेको भुटानको अगाडि बढ्ने सम्भावना सकिएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । भुटान पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।