• ७ जेठ २०८१, सोमबार

आयोजक यूथलाई उपाधि

blog

उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन २१ गते । आयोजक यूथ फुटबल क्लबले छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मोरङको पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रङ्गशालामा भएको फाइनल खेलमा सहआयोजक भुटानिज यूथ क्लबलाई १–० गोलले हराउँदै आयोजक यूथ क्लबले उपाधि रक्षा गरेको हो । उपाधि रक्षासँगै आयोजकले दुई लाख एक हजार रुपियाँ पुरस्कार पायो । उपविजेता बेलडाँगीले एक लाख एक हजार रुपियाँ पुरस्कार पायो । 

आयोजकका सागर तिवारीले खेलको १२औँ मिनेटमा ग्लोरीे पासमा निर्णायक गोल गर्नुभयो । फाइनल खेलमा निर्णायक गोल गर्ने सागर तिवारी म्यान अफ दि म्याच घोषित हुनुभयो ।   

भुटानबाट २०४७ सालमा शरणार्थीको रूपमा नेपाल प्रवेश गरेका भुटानिज नेपालीहरू अधिकांश तेस्रो देशमा पुनर्वास भइसकेका छन् । बाँकी रहेका शरणार्थीहरूले खेलका माध्यमबाट समुदायलाई जोड्न हरेक वर्ष रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन ।